नाडाल अस्ट्रेलियन ओपन नखेल्ने

काठमाडौँ । स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् ।

यो प्रतियोगिता सुरु हुनु केही घण्टा अघि इन्जुरी भएपछि उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका हुन् । उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका छन् । उनले भनेका छन्- ‘ब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा अलिकति तनाव भयो जसले मलाई चिन्तित बनायो ।

जब म मेलबर्न पुगेँ मैले एमआरआई गराए र एक मांसपेशीमा अलिकति चोट लागेको थियो । अब म पाँच सेट खेल्न असमर्थ भएको छु । म अब मेरो डाक्टरलाई भेट्न, उपचार र आराम गर्न स्पेन फर्कदैछु ।’

नाडालले खेलमा फर्कन वर्षभर कडा मेहनत गरेको बताउदै तीन महिनामा उत्कृष्ट फर्ममा रहने लक्ष्य राखेको समेत बताएका छन् । उनले मेलबर्नको अद्भुत दर्शकका अगाडी खेल्न नसकेकोमा दुख व्यक्त समेत गरेका छन् ।

गत वर्षको सुरुमा राफेल नाडाललाई पनि मांसपेशीमा चोट लागेको थियो जसका कारण उनले लामो समय कोर्टबाट बाहिर बस्नुपरेको थियो ।

नाडालले २००९ र २०२२ मा अस्ट्रेलियन ओपन जितेका थिए । उनले अहिलेसम्म २२ ग्राण्ड स्लाम जितेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *