एनएमबि बैंक र युएसआईडीद्वारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता

काठमाण्डौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसआईडी) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिब प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो । सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए । बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *