विज्ञापन संघमा थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल विज्ञापन संघको २४औँ वार्षिक साधारणसभाले सुदीप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । संघको २४औँ वार्षिक साधारणसभाले संघको ११औँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ निर्वाचित र सचिव सन्तोषमा खड्का निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा अरूणकाजी स्थापित, रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल निर्विरोध निर्वाचित भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरूले आजै शपथ लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *