पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक

काठमाडौं । प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । ब्युरोको टोलीले मंगलबार राति बुढानिलकण्ठस्थित घरबाट बम्जनलाई पक्राउ गरेको थियो । बम्जनको घरबाट प्रहरीले करिब साढे तीन करोड रुपैयाँ बरामद गरेको छ । बम्जनको घरमा खानतलासी गर्दा तीन करोड तीन लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १७ देशका विदेशी मुद्रा बरामद गरेको छ ।

सीआईबीले बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *