क्रिकेट खेलकै क्रममा ब्याट्सम्यानको मृत्यु

एजेन्सी । भारतको नोएडामा जारी कर्पोरेट लिग क्रिकेट खेलकै क्रममा एक ब्याट्सम्यानको मृत्यु भएको छ ।

माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको बेला हृदयघात भएका ३४ वर्षीय विकास नेगीलाई अन्य ब्याट्सम्यान र फिल्डिङ टिममा खेलाडीले सीपीआर दिनेक्रम्मा घटनास्थलमै मृत्यु भएको हो ।

उमेश कुमार र विकास पिचमा थिए । १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन–स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए । उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।

यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो ।

हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *