माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उनले बताए ।

‘मुख्य एजेण्डा विधान मस्यौदाबारे छलफल गर्ने रहेको छ । त्यसको साथसाथै अभियानको समिक्षा र आवश्यकताअनुसार कार्यविभाजन पनि हुन्छ’, उलने भने । फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *