राप्रपाले आज भृकुटीमण्डपमा पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक संघसङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवीलगायत ८ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हककुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म (याली र शालिकमा माल्यार्पण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साथै राप्रपाले गरेको कविता प्रतियोगिताको पुरस्कार पनि आजै वितरण गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *