हिमालयन एभरेष्टले डाक्यो साधारणसभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारणसभा माघ २५ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

सञ्चालकको सुविधा तथा भत्ता वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९।८०को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०।८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । रिक्त रहेको विज्ञ स्वतन्त्र सञ्चालकको नियुक्ति र संस्थापक सञ्चालकको नियुक्ति गरी अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १४ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *