घोराही सिमेन्टको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष आव २०७९।८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभामा घोराही सिमेन्टले प्रतिकूलताका बाबजुद आव २०७९।८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०।८१ को मंसिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख रूपैयाँ बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तमलाल संघाइले जानकारी दिए ।

आव २०७९।८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ । त्यस्तै कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्दलाल संघाइ र हर्षवर्धन संघाइले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २ कात्तिकमा राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको संचालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघाइले जानकारी दिए । योसँगै कम्पनीको संस्थापक समूहमा ५ जना सञ्चालक भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *