तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । जस अन्तगर्त अहिले बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सडक सुरक्षाको विषयमा छलफल हुँदैछ। बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भएका काम कारवाहीबारे छलफल हुनेछ । त्यस्तै, साढे ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।

बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने भएको छ । छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बैठकमा बोलाइएको छ । दिउँसो सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *