त्रिविले अधिकांश सेवा अनलाइनबाट दिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत अधिकांश सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यससँगै अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अनलाइनबाटै लिन सक्नेछन् । साथै, यसबारे विस्तृत जानकारी माघ १० गते वेवसाइटमार्फत जानकारी गराइने समेत बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *