प्रधानमन्त्री प्रचण्डले हटाए १३ सचिवालयका कर्मचारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो । माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् । उनीहरूलाई हटाउनुको कारण सचिवालयले स्पष्ट पारेको छैन । तर आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयलाई पनि सानो तर चुस्त पार्ने बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *