रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकले पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा तय गर्ने भएको छ । बैठकमा सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट, समसामयिक विषय तथा संगठन अद्यावधिकलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

बैठकमा नियमावली, आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, ऐनको संशोधन प्रस्तावको तयारी, महाधिवेशनमा जिम्मेवारीलगायत विषयमा पनि छलफल हुने बताइएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *