विभागीय क्लब एपीएफमाथि मधेश प्रदेशको शानदार जित

काठमाडौँ । मधेश प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ ।

प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । मधेश प्रदेशको जितमा रुपेश सिंहले सर्बाधि ७२ रन बनाए भने पवन सराफले ६४ तथा निरज यादवले ५२ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २४६ रन बनाएको थियो । एपीएफका लागि आसिफ सेखले ५९ र कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए । त्यस्तै अमर राउटेलाले अविजित ४९ रन बनाएका थिए । त्यसैगरी मधेशका बलर रुपेश सिंह र प्रदिप पासवानले ३-३ विकेट लिएका थिए ।

जारी पीएम कपमा मधेशको चौथो खेलमा दोस्रो जित हो । यो जितपछि मधेश प्रदेश अंक तालिकामा सातौ स्थानमा रहेको छ । त्यस्तै एपीएफले भने आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ । एपीएफको ३ खेलमा ४ अंक छ र अंकतालिकामा चौथो स्थानमा झरेको छ ।

अब एपीएफले अर्को खेल आगामी सोमबार भैरहवामा नेपाल पुलिस क्लबसँग खेल्ने छ भने मधेश प्रदेशले शनिबार टियु मैदानमा कर्णाली प्रदेशको सामना गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *