राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकले आजबाट लागू हुने गरी बचत र ऋणको ब्याजदर परिवर्तन गरेको छ । परिवर्तन गरिएको ब्याजदर अनुसार सदस्य संघ संस्थाहरुले साधारण बचतमा १.५० प्रतिशत , बिशेष बचतमा १.७५ प्रतिशतदेखि ३ प्रतिशतसम्म, अनिर्वाय बचतमा ८ प्रतिशत, क्रमिक बचतमा ७ प्रतिशतदेखि ७.७५ प्रतिशसम्म र मुद्धती निक्षेपमा ५ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याज पाउने भएका छन् ।

त्यसैगरी बैंकले लिने कर्जाको ब्याजदर पनि परिवर्तन भएको छ। जस अनुसार कृषि कर्जामा ७ देखि १० प्रतिशत,आवधिक कर्जामा ११ देखि ११.५० प्रतिशत ,हायर पर्चेच कर्जामा १०.५० प्रतिशत र लघुवित कर्जामा १०.५० प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ । समय अवधि र र ऋणको प्रकार अनुसार बैंकले लिने ब्याजदर फरक (फरक रहेको छ । बैंकले ऋणको अधिकतम ब्याजदर ११ .७५ प्रतिशत तोकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *