हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो । हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले स्वीकृति प्रदान गरेको हो ।

आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुला भएको हो । स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ । त्यस्तै, भारतमा व्यवसाय गर्न स्वीकृति पाएसँगै कम्पनीले पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *