आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आजको दिनमा प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिनमा तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको मूल्य आइतबार एक हजार ३९० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिनमा चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *