तराई मधेसमा शीतलहरले जनजीवन आक्रान्त

काठमाडौं । केही दिनदेखिको शीतलहरले तराई मधेसको जनजीवन आक्रान्त बनेको छ । दुई सातायता मधेस प्रदेशका आठवटै जिल्लामा घाम लाग्न सकेको छैन ।

सर्लाही, सिराहा, रौतहट, महोत्तरी, पर्सा, धनुषालगायतका जिल्लामा अहिले बिहानीपख बाहिर निस्कँदा शीत झरेर भिजिने अवस्था छ । शनिबारको तुलनामा हुस्सु कम लागे पनि कठ्यांग्रिदो चिसो भने कामयै छ । शीत झरेर भुइँ नै ओसिलो देखिन्छ । अत्यावश्यक काम परेर निस्कनुपर्ने पैदलयात्री, साइकल, मोटरसाइकल चलाउनेहरु शीतले नै भिजिरहेका छन् ।

चिसो घट्न नसक्दा यहाँका विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । सरकारी र निजी विद्यालयले जाडो बढेसँगै हिउँदे बिदा थप गरेका छन् । दिउँसोपखसमेत घाम नलाग्दा तराई मधेसको जनजीवन आक्रान्त छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *