सहकारी विभागको सदस्य अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन

काठमाडौं । सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम (KYM) भराउने निर्देशन जारी गरेको छ । सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको सदस्य पहिचान फारम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन जारी गरेको हो । सहकारी संघ,संस्थाहरुको अनुगमन निरीक्षणमा सबै सदस्यहरुको (KYM) फाराम भरे,नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ ।

सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ क, सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०७३ को नियम ४ र ५ तथा सहकारी विभागवाट सम्पति शुद्धीकरण निवारण सम्वन्धी सहकारी संघरसंस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ को दफा ३ अनुसार सहकारी संघरसंस्थामा सदस्य हुन इच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनु पर्ने व्यवस्था छ । सदस्यहरुको पहिचान गर्दा सदस्यहरुको विस्तृत विवरण (KYM) फाराम भर्नु पर्ने र सो को नमूना सम्पति शुद्धीकरण निवारण सम्वन्ध सहकारी संघरसंस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ मा छ । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले निर्देशन जारी गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *