सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आ.व. २०७८।०७९ को छैठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सम्पन्न भएको छ। कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८।७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८।०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

साथै आ.व.०७८ । ७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमारप्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्णदास श्रेष्ठ र भरतकुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशवराज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *