आईएमई लाइफको ब्राण्ड एम्बेसडर दिपक र दिपा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् । पोखरास्थित कुटी रिसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमबीच दिपकराज गिरी, दिपाश्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए। साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपकराज गिरी र दिपाश्री निरौलाले आईएमई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *