गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी

काठमाण्डौं । गुडविल फाइनान्स साधारणसभामा अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको आज सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको हो ।

जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपतिभक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् । उदयश्वर श्रेष्ठ बाहेक अन्य ३ जना यस अघि पनि संचालक थिए । नयाँ संचालक समिति गठनपछि बसेको पहिलो बैठकले दिलीप कुमार मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *