बागमती प्रोस्कुनको प्रदेशस्तरीय साकोस समिट हुने

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले २ दिने साकोस समिट गर्ने भएको छ । ‘सहकारीको सुदृढिकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने थिमका साथ आगामी फागुन १६ र १७ गते भक्तपुरको गठ्ठाघरमा उक्त समिट आयोजना हुन लागेको हो । समिटको पहिलो दिन सहकारीको सुदृढिकरणको आधारः सहकार्य, एकता र विश्वास, कानुन कार्यान्वय र अभियानको शुद्धिकरणका लागि ः सहकारी एकिकरण र वर्गीकरण, सहकारीमा सम्पत्ति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यान्वयन रणनीति विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

त्यसैगरी समिटको दोश्रो दिन दक्ष जनशक्ति पलायनः सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणका उपायहरु, सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल, प्रभावकारी सेवाका लागिः जनशक्ति उत्प्रेरणा र सहकारी सुशासन प्रवद्र्धनमा प्रविधिमैत्री कारोबार भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुति तथा प्यानल डिस्कसन हुने आयोजक बागमती प्रोस्कुनले जनाएको छ । संघले पहिलो पटक बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई समेटेर यस्तो समिट गर्न लागेको हो । विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएकाले समिट प्रभावकारी र उपलब्धीमूलक हुने प्रोस्कुनको भनाई छ । संघले समिटका लागि रजिष्ट्रेशन खुल्ला समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *