हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवाना छुट दिने

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवानामा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने जरिवाना २५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने जनाएको छ । विभिन्न मितिमा बीमा गराएका तर तीन वर्षभन्दा माथि व्यतित बीमालेख यही माघ १६ गतेदेखि २५ गतेभित्र नवीकरण या पुनर्जागरण गर्दा जरिवाना छुट हुनेछ ।

कम्पनीका अनुसार ३ वर्षसम्मको व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्ममा ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्ष देखि माथि २५ प्रतिशत ब्याज तथा जरिवाना छुट दिने भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *