कर प्रशासनमा चार्टर्ड एकाउन्टेनलाई प्रवेश गराउन सकारात्मक छु ः अर्थमन्त्री डा. महत

काठमाडौं । काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउन्टेनलाई प्रवेश गराउन आफू सकारात्मक रहेको बताएका छन् । बुधबार उनले यस्तो बताएका हुन् । उनले चार्टर्ड एकाउन्टेनले पेसागत कर्तव्य पालना गर्ने सिलसिलामा लोभलालसा अथवा डरधम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गरे सुशासन सुनिश्चित रहेको उल्लेख गरे ।

उनले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समाधान गरिने बताए । लेखा र चार्टडमा ठिक हुनेबित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । मन्त्री महतले देशको अर्थतन्त्रले विस्तारै लय लिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *