जनउत्थान सहकारीद्वारा विभिन्न संघसंस्थालाई आर्थिक सहयोग

रुपन्देही । तिलोत्तमा नगरपालिका – १५ रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले आयोजना गरेको यस आर्थिक बर्षको अर्धबाषिर्क समिक्षा बैठकको अवसर पारेर विभिन्न संघ संस्थालाई सहयोग गरेको हो । संस्थाले आदर्श महिला समाज, दिपज्योति महिला सचेतना समूह र बभनी आमा समुहलाई अक्षय कोष स्थापनाको लागि १५ हजारको दरले ४५ हजार रूपैया आर्थिक सहयोग गरेको छ । त्यसैगरी सोही अवसर पारेर संस्थाले ३ वटा विद्यालयलाई पनि आर्थिक सहयोग गरेको छ।

संस्थाले बभनी भू।पू। सैनिक आधारभूत विद्यालय, दुर्गा माध्यमिक विद्यालय र टिकुलीगढ मा।वि। लाई ५० हजारको दरले १ लाख ५० हजार रूपैया विद्यालय अक्षयकोष स्थापनाका लागि सहयोग गरेको जनाएको छ । त्यसैगरी संस्थाले ३ वटा युवा क्लवलाई पनि २५ हजारका दरले ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले लिस्नु युवा क्लव, नव टिकुलीगढ युवा क्लव र समपूर्ण युवा क्लवलाई युवा क्लव विकास अक्षयकोष स्थापनाको लागि उक्त रकम सहयोग गरेको हो । संस्थाको यस आर्थिक बर्षको पौष मसान्तसम्म कूल सम्पत्ति ३ अर्ब ६१ करोड ६२ लाख पुगेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी २८ करोड २१ लाख, बचत संकलन २ अर्ब ८२ करोड ७६ लाख र ऋण लगानी २ अर्ब ७४ करोड ६४ लाख रहेको छ । संस्थाको जगेडा कोषमा २९ करोड ६२ लाख, कर्जा जोखिम कोषमा ६ करोड ९६ लाख र तरलता रकम २३।७४ प्रतिशत अर्थात ६७ करोड १२ लाख रहेको संस्थाले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । संस्थामा ३९ हजार ८०५ सदस्य आवद्ध रहेका छन् भने १० हजार ४८४ सदस्यले संस्थाबाट ऋण लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *