नेको इन्स्योरेन्सको इन्स्योरेन्स सोलुशन एप सार्वजनिक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले मोबाइल एपबाटै बीमा सुबिधा पाइने इन्स्योरेन्स सोलुशन नामक मोबाइल एप सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले ओैपचारिक रूपमा शुभारम्भ गरेका हुन् । अध्यक्ष सुर्यप्रसाद सिलवालले आफ्नै मोबाइलबाट घरको बीमा गरेर इन्स्योरेन्स एपको आौपचारिक शुभारम्भ गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले बीमालाई प्रबिधिमैत्री बनाउन मोबाइलबाटै बीमा गर्न सकिने व्यवस्था गरिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *