एलआईसी नेपालले २४ घण्टा भित्रै दियो दावी भुक्तानी

काठमाडौं । एलआईसी नेपालले बीमागरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको १० लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको छ । कम्पनीले पोखरा शाखाको ईतिहासमा पहिलो पटक बीमागरेको २४ घण्टा भित्र दुर्घटनामा पनि ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको साखा प्रमुख सन्जिव खनालले वताएका छन् ।

स्वर्गीय पौडेलले गत असोज १२ गते अभिकर्ता आसिक शर्मा मार्फत रु पाँच लाखको विमा गराएका थिए भने उनको असोज १३ गते पर्वतको कुस्मा नगरपालिका वडा नं ७।८ सिमानामा रहेको तमादिखोलामा एक्कासी आएको वाडीले वगाएर मुत्यु भएपछि कम्पनीले दुर्घटना सहितको मृत्युदावी भुत्तानी गरेको हो । दुर्घटनामा परि ज्यान गुमाएका माधव पौडेलका वुवा रघुनाथ पौडेललाई एल आई सी नेपाल गण्डकी प्रदेशका प्रमुख हेमराज जोशी,पोखरा साखाका प्रमुख सन्जिव खनाल,एजेन्सी म्यानेजर विष्णु तिमिल्सीना र अभिकर्ता आसिक शर्माले सयुत्त रुपमा उत्त रकम वरावरको चेक हस्तान्त्रण गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *