छोरीको जन्मदिनमा रिलायवल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । स्याङ्जा पुतलीबजार एक दम्पतीले छोरीको भविष्य सुरक्षणका लागी बालबीमा योजना दिए भविष्य सुरक्षित गरेको छ । पुतलीवजार ०३ स्याङ्जा निवासी मिलन सुवेदी र सुष्मा सुवेदीले छोरी मिसिका सुवेदिको जन्मदिनको अवसर पारेर १० लाखको रिलायवल सुलव बाल जीवन प्लस बीमा पोलिसी उपहार स्वरुप दिएका छन् । सुवेदी दम्पतीले उक्त पोलिसी रिलायवल नेपाल लाइफका शाखा प्रमुख नारायण अधिकारी र एमडिआरटी भवानि संकर पोखरेल मार्फत बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

छोरीको उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको जोखिम बहनसहित बचत अनि सुरक्षाको निम्ति बीमा पोलिसी उपहार दिएको बताएका छन् । यस प्रकारको कार्यले समाजमा बीमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास कम्पनीले लिएको छ । विभिन्न चाडपर्व तथा उत्सवआदिमा क्षणिक रमाइलो गर्न अनावश्यक खर्च गर्नुभन्दा बीमा पोलिसी उपहार दिनु उत्तम विकल्प भएको बीमा विज्ञहरु बताउछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *