गोपी कृष्ण मुभिज् फाल्गनु १ गते देखि बन्द

काठमाण्डौं । २०५२ साल देखि संचालनमा आएको यस गोपी कृष्ण मुभिज् प्रा.लि चावहिल, काठमाण्डौं, २०८० साल फाल्गनु १ गते देखि बन्द हुने भएको छ । कोरोनाको संक्रमणकाल देखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त प्रेस बिज्ञप्तिमा जनाएको छ । आजसम्म यहाँहरु सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि आदरणीय दर्शकवृन्द, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायहरु प्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *