रियलमीको नयाँ फोन बजारमा

रियलमीले नयाँ फोन रियलमी सि ५१’ बजारमा आएको छ । उक्त फोनको स्टोरेज ४ं१२८ जीबीको रहेको कम्पनीले जनाएको छ । ग्लिटरी लुकमा उपलब्ध उक्त फोनको मूल्य कम्पनीले १४ हजार ४९९ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार सो फोनको ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ । जसले कम उज्यालोमा पनि डिटेल्ड तस्बिर खिच्न सकिने जनाईएको छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनमा सो फोन उपलब्ध रहेको छ ।

३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा ५ हजार एमएएचको ब्याट्री रहेको छ । जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीको दाबी रहेको छ । फोनमा १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइज रहेको जनाइएको छ । रियलमीको ४ं६४ जीबी स्टोरेज भेरिएन्ट पनि बजारमा उपलब्ध छ । कम्पनीका अनुसार उक्त फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *