शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा निकै उत्साहित रहेको र यस सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा विश्वस्त रहेको बताए।

नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा निकै गौरवान्वित भएको बताईन् । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पु¥याउनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *