उग्रतारा बहुउद्देश्यीयको पाठेघरको क्यान्सर स्क्रिनिङ्ग शिविर

काभ्रे । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थाको आयोजना तथा मेनोपस सोसाइटी काठमाण्डौ, शीर मेमोरियल अस्पताल बनेपा, नेपाल अर्बुद रोग निबारण संस्था बनेपा र बनेपा डाइगोनोष्टिक सेन्टरको प्राविधिक सहयोगमा महीला शेयरसदस्यहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (जाँच) गरिएको हो । उक्त शिविरबाट ५६ जना महिला सदस्यहरुले स्वास्थ्य परिक्षण गराएको संस्थाले जानकारी दिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोके, सञ्चालक समितिका सदस्यहरु डा। बिद्या कोख श्रेष्ठ प्रधानाङ्ग तथा दिब्येश्वरी लाखे पोटेको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ काभ्रे बनेपा, बनेपा लियो क्लब तथा काभ्रे बनेपा लियो क्लबका सदस्यहरुले सहयोग गरेका थिए । संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले उक्त कार्यक्रमको लागि लजिष्टिक व्यवस्थापन गरेका थिए । आगामी दिनमा समेत यस किसिमको कार्यक्रम संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित गर्दै जाने संस्थाका अध्यक्ष पलाञ्चोकेले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *