नवदुर्गा सहकारीको वित्तीय साक्षरता अभियान

भरतपुर, चितवन। नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले भरतपुरका बिभिन्न बिद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । भरतपुर(५ स्थित कैलाशनगर माध्यामिक बिद्यालय र राष्ट्रीय मावि तोरीखेत विद्यालयका कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ। कार्यक्रममा ७० जना विद्यार्थी सहभागी रहेका थिए । विद्यालयस्तरमा वित्तीय साक्षरता कार्यक्रम चितवन जिल्लामा पहिलो कार्यक्रम रहेको र यो कार्यक्रम आफ्नो कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण शिक्षण संस्था, स्कुल कलेजमा संचालन गरि वित्तीय साक्षरताको ज्ञान बिद्यार्थीलाई स्कुले जीवन देखिनै दिदै लैजानाले उदेश्य संस्थाको रहेको छ ।

वित्तीय ज्ञानले बचत गर्ने वानीको विकास गर्ने र आर्थिक रूपले भविष्य संकटमा नपर्ने संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । स्कुल स्कुलमा वित्तीय साक्षरतालाई अभियानको रूपमा लैजाने अध्यक्ष सापकोटाले बताए । कार्यक्रमको अध्यक्षता गरेका सापकोटाले कार्यक्रमको बारे प्रकाश पारेका थिए भने उक्त स्कुलका प्रधानाध्यापक करूणाकर पण्डितले यस्तो वित्तीय साक्षरता कार्यक्रम बिद्यालय स्तरमा एकदम उपयुक्त रहेको र समयसापेक्ष नवदुर्गाले यस्तो कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिए। बिध्यालयमा पनि आयोजना गरी आफ्नो छात्र छात्रालाई निकै महत्वपुर्ण ज्ञान दिएकोमा सहकारी संस्थाप्रति उनले आभार प्रकट गरे। संस्थाका सचिव रामकृष्ण पौडेल र व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तीय साक्षरता बारे सहजीकरण गरेका थिए । वित्तीय साक्षरता कार्यक्रममा राष्ट्रिय मावि तोरीखेतका शिक्षकशिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरूको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *