रूपन्देही बचत संघको १८औं स्थापना दिवस

रूपन्देही बचत तथा ऋण सहकारी संघ लि को १८औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । संघका अध्यक्ष बसन्तप्रसाद ढकाल को अध्यक्षता, लुम्बिनी प्रदेशका गृह तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयको प्रमुख आतिथ्यता र नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशिष्ट आतिथ्यतामा मुल समारोह कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवस पारी प्रकाशन गरिएको बुलेटिन विमोचन तथा वितरण गरिएको थियो। कार्यक्रममा भूमिपुत्र साकोस सैनामैनाको आफ्नै भेषभुषामा सामुहिक नृत्य र सारिका भट्टराईको एकल नृत्य रहेको थियो। प्रभात फेरी कार्यक्रममा नेफ्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक भीमप्रसाद तुलाचन, रूस्कूनका व्यवस्थापक सर्मिला गौतम भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रथम हुने नमुना महिला साकोस, द्वितीय हुने विरगाथा साकोस, तृतीय हुने नारी बहुउद्देश्यीय सहकारी संस्था र सान्त्वनामा भूमिपुत्र साकोसलाई नगद एंव प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी कार्यक्रममा सहभागी सम्पूर्ण संस्था सम्मान तथा वक्तृत्वकला कार्यक्रममा प्रथम, दितृय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने छात्रछात्रालाई नगद, प्रमाणपत्र एंव ट्रफीबाट सम्मान, सहकारीका विषयमा आ व ०७९।०८० मा उत्कृष्ट कलम चलाउने पत्रकार तेजेन्द्र के।सी। लाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार राष्ट्रिय सहकारी महासंघ लि का लेखा सुपरिवेक्षण समिति संयोजक एंव जिल्ला सहकारी संघ लि का अध्यक्ष भिम प्रसाद तुलाचन, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, सहकारी विकास बोर्डका संचालक सन्दिप सापकोटा, पत्रकार महासंघ रामराज पोख्रेलको आतिथ्यता रहेको थियो । संघका सचिव बाबुराम बन्जाडेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष गोमादेवी पौडेलले गरेकी थिइन् । कार्यक्रमको व्यवस्थापन संघका व्यवस्थापक सर्मिला गौतम भट्टराईले थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *