‘टुरिजम हिरो अवार्डस् २०२४’ ३१ विधामा वितरण गरिने

काठमाडौँ । नेपालमा नै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस्, २०२४ वितरण गरिने भएको छ । नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका विभिन्न व्यक्ति तथा संस्थाहरू मध्येबाट उत्कृष्ट ३१ लाई पुरस्कृत गर्न लागिएको हो । आगामी मार्च १९ मा काठमाडौँमा भव्य कार्यक्रमसहित टुरिजम हिरो अवार्डस् २०२४ वितरण गरिने आयोजक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले जनाएको छ । विभिन्न ३१ विधामा हुने पुरस्कार वितरणमा छानिएका हिरोहरूलाई अवार्ड तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा ५ सय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आफैँले आफ्नो लागि वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन् । यसरी प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइनेछन् । भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने आधिकारिक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढीभन्दा बढी भोटिङका लागि आह्वान गरिनेछ । प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरीहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरी टुरिजम हिरो अवार्ड ट्रफी समेत हस्तान्तरण गरिनेछ । यो सम्पूर्ण प्रक्रिया वेभमा आधारित र निःशुल्क हुनेछ ।
अवार्डमा समावेश क्याटगोरीहरु
१. बेस्ट ट्राभल एजेन्सी अफ द इअर
२. बेस्ट ट्राभल एजेन्सी अफ द इअर– होलिडे
३. बेस्ट ट्राभल एजेन्सी अफ द इअर– इनबाउण्ड
४. बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम
५. सीईओ अफ द इअर– हस्पिटालिटी
६. सीईओ अफ दि इअर– ट्राभल
७. बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर
८. टुरिजम पर्सनालिटी अफ द इअर– जर्नालिस्ट
९. टुरिजम पर्सनालिटी अफ द इअर– अन्टरप्रेन्युअर
१०. टुरिजम पर्सनालिटी अफ द इअर– एनआरएन
११. टुरिजम पर्सनालिटी अफ द इअर– वुमन अन्टरप्रेन्युअर
१२. टुरिजम पर्सनालिटी अफ द इअर– ब्राण्डिङ्ग एण्ड मार्केटिङ्ग
१३. मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर
१४. म्युनिसिपालिटी अफ द इअर
१५. रुलर म्युनिसिपालिटी अफ द इअर
१६. मेयर अफ द इअर
१७. टुरिजम हिरो २०२४
होटलतर्फ
१. बेस्ट होटल अफ द इअर– फाइभ स्टार
२. बेस्ट होटल अफ द इअर – फोर स्टार
३. बेस्ट होटल अफ द इअर – थ्री स्टार
४. बेस्ट रिसोर्ट अफ द इअर
५. बेस्ट बुटिक होटल अफ द इअर
६. बेस्ट होटल– टुरिस्ट स्टाण्डर्ड नन् स्टार
७. बेस्ट चेन होटल अफ द इअर– नेशनल
८. बेस्ट होटल अफ द इअर– डिजाइन एण्ड इन्फ्रास्ट्रक्चर
९. बेस्ट होटल अफ द इअर– इको फ्रेण्डली
१०. बेस्ट रेष्टुराँ अफ द इअर
११. बेस्ट चेन रेस्टुराँ अफ द इअर– नेशनल
१२. बेस्ट सेफ अफ द इअर– नेपाली
१३. बेस्ट सेफ अफ द इअर– इन्टरनेशनल
१४. बेस्ट क्यासिनो अफ द इअर
टुरिजम हिरो अवार्ड २०२४ को आयोजक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गर्न लागिएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *