भाटभटेनीमा पुनः करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ पुनः सुरू गरेको छ । भेज र नन भेज दुवै विकल्पमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ भएको कम्पनीको दाबी छ ।

भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रति प्याकको ६० रूपैयाँ र फेमिली प्याकको ३ सय रुपैयाँ रहेको छ । उपत्यका भित्र रहेका भाटभटेनीमा बुधबारदेखि सुरू भएको फ्री टेस्टिङ १० दिनसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *