फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट

काठमाण्डौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५ सय ३० कित्ता सहित उक्त परिमाणमा आइपिओ निष्कासन गर्न लागेको हो। लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता ३ सय ६० रूपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। सो आइपिओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन २७ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बीु प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर मेरो सेयर अनलाइन प्रणलीमार्फत् गरी आवेदन दिन सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *