प्रदेश , जिल्ला र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू आमन्त्रित सदस्य रुपमा सहभागी गराईने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा महासमितिका सदस्य नरहेका तर प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई बैठकमा सहभागी गराउने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उनिहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराईने छ । कांग्रेसको महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुँदैछ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन बैठकमा पेश गर्ने भएका छन् । दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्राप्त सुझावलाई समावेश गरेर महासमितिमा पेस गर्ने प्रस्तावलाई पारित गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *