बैंकिङ क्षेत्र पूर्ण रूपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस् ः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्र सबल र सक्षम रहेको बताउँदै राष्ट्र बैंकले हल्लाको पछाडि नलागी निर्धक्क रुपमा कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालाहरूलाई आग्रह गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ क्षेत्रको बारेमा अनावश्यक हल्ला फैलिरहेको र त्यसमा कुनै सत्यता नरहेकोमा स्पष्ट पारेको छ । साथै, बैक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेको बताउँदै राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको दावी गरेको छ ।

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा राष्ट्र बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको समेत बताएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षणरसुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको पनि जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *