सामसङ ग्यालेक्सी ए१५ नेपालमा

काठमाडौं । सामसङले नेपालमा सन् २०२४ को नयाँ फोनका रूपमा ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक गरेको छ । ग्यालेक्सी ए१५ फाइभजीमा एफएचडीप्लस रेजोल्युसन र ६.५ इन्चको अमोलेड इन्फिनिटी–यू डिस्प्ले छ । रिफ्रेस रेट ९० हर्ज रहेको फोनमा अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१००प्लस चिपसेट छ । मल्टिटास्किङ र गेमिङका निम्ति बनाइएको भनिएको फोनमा फाइभजीका लागि अक्टा–कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए१५ फाइभजीमा पछाडि ५० मेगापिक्सेलको वाइड–एंगल क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा छ ।

फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको कम्पनीले जनाएको छ । एन्ड्रोइड १४ मा चल्ने फोनमा वन यूआई ६।० छ । डिभाइसले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सुरक्षा अपडेट प्रदान गर्ने सामसङ नेपालले जनाएको छ । फोनले टुजीदेखि फाइभजी नेटवर्क सपोर्ट गर्ने कम्पनीले जनाएको छ । फोन तीन भेरियन्टमा उपलब्ध छ । ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको प्रतिफोनको मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै, ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध प्रतिफोनको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमताको भेरियन्टको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *