कांग्रेस बैठकबाट चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो । कांग्रेस महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए । थापाले प्रस्तावमा भनेका छन्,

हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *