सन्दीप लामिछाने थुनाबाहिरै बसेर मुद्धा लड्न पाउने

काठमाडौँ । सन्दीप लामिछानेलाई थुनाबाहिरै बसेर मुद्धा लड्न पाउने भएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई थुना बाहिर बसेर मुद्धा लड्ने अनुमति दिएको हो ।

सन्दीपले विहिबार कानुन व्यवसायी मार्फत काठमाडौं जिल्ला अदालतको आदेशलाई चुनौती दिदै उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेका छन् । बलात्कार मुद्धामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले गत पुस २४ गते सन्दीपलाई ८ वर्ष कैद र ५ लाख जरिवाना तोकेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जर्बजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो ।

त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *