लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुखको चासो ,छानबिन गर्न समिति गठन

काठमाडौं । संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन् ।

सभामुख घिमिरेले सोमबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ । घिमिरेले संसद् भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको पनि आईजीपी कुवँरसँग बताएका छन् । लघुवित्त पीडितहरू नयाँबानेश्वरस्थित निषेधित क्षेत्र छिचोल्दै संसद् भवन परिसरमा छिर्न सफल भएका थिए। कडा सुरक्षालाई छिचोलेर संसद् भवन परिसरमा छिरेका उनीहरूले नाराबाजीसमेत गरेका थिए । प्रदर्शन गर्दै करिब ५० जनाको संख्याका पीडितहरू संसद् भवन परिसरमा छिर्न सफल भए थिए। त्यसपछि उनीहरूमध्ये ४९ जनालाई संसद् भवन परिसरका सुरक्षाकर्मीले घेरा हालेर पक्राउ गरेका थिए । संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए ।

यसैबीच उक्त प्रकरणको छानबिन गर्न सरकरोल छानबिन समिति पनि गठन गरेको छ । प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित छानबिन समिति गठन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *