चर्चित गायक भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ । चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

आचार्यको शवलाई अन्तिम श्रद्दान्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए । नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ ।

भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो । उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटिएको थियो । उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *