शिवशंकर भोलेबाबा को हुनुहुन्छ ?

आज महाशिवरात्रीको पावन दिन हो । देवादीदेव शिव भगवानको आरधना गरेर शिव भक्तहरुले उल्लास पुर्ण रुपमा मनाउंछन । सारा ब्रह्माण्डका नायक हुनुहुन्छ शिवशंकर भोलेबाबा अझ भन्नुपर्दा अनन्तकोटी ब्रम्हाण्डका मालिक हुनुहुन्छ । जो अनादि (आदि, मध्य र अन्त्य नभएको), अक्षरातीत (कहिल्यै नाश नहुने), सत्चिदानन्द (सत्य, परम चैतन्य र आनन्द स्वरूपमा रहने), दिव्य (शुद्ध र पवित्र) स्वरूपमा स्वयंभु (स्वयं उत्पन्न) हुनुहुन्छ ।

जो परमज्योतीका रूपमा हजारौं सूर्यको प्रकाश भन्दा अझ धेरै प्रकाश शक्ति भएका, ध्वनीका रूपमा ॐकार ध्वनिको मालीक हुनुहुन्छ । जो निर्गुण ( गुणातीत), निरन्जन (दोष रहित) र निराकार ( कुनै आकार नभएका) स्वरूपमा हुनुहुन्छ शिवशंकर भोलेबाबा । जो सर्वव्यापि (सबै ठाउँमा व्याप्त), सर्वकालिक (सबैकालमा रहने), सर्वज्ञाता ( सबै कुरा जान्नेवाला) हुनुहुन्छ । बीजब्रह्को रूपमा अविनाशी आत्मस्व रूपमा जीवात्मा भित्र र कणकणमा उर्जा बनेर एउटा भौतिक कणदेखि अनन्त आकाशमा जताततै व्याप्त हुनुहुन्छ, शिवशंकर भोलेबाबा। यदि मनुष्यले मुक्ति वा मोक्ष चाहन्छन भने परमात्मा शिवशंकर भोलेबाबाको ध्यान गर्नुपर्छ । जो अनन्त, आनन्द र कहिल्यै नसकिने प्रेम र शान्तिका मूल श्रोत पनि शिवशंकर भोलेबाबाबाटै पाउन सकिन्छ ।

जो सनातन सर्वशक्तिमान् दिव्य उर्जा प्रारम्भकालमा एक ढिक्का थियो । तर, केही कालखण्डपछि परम चेतनाको करुणामय दिव्य ईच्छा शक्तिले एकोहं बहुस्यामः अर्थात शिवशंकर भोलेबाबाले स्वयं एक उर्जा शक्तिबाट अनेक उर्जा शक्तिमा आफुलाई रूपान्तरित गर्नुभयो । जो अहिले हामी देखेको सम्पुर्ण ब्रह्माण्ड तर खण्ड खन्ड छ । यदी कुनै कारणबस सम्पुर्ण ब्रह्माण्डको नास भएपनि अनन्तकोटी ब्रम्हाण्डका मालिक शिवशंकर भोलेबाबाले अर्को नयाँ ब्रह्माण्डको सृष्टि गर्न सक्नुहुनेछ, अर्थात शिवतत्व कहिल्यै मर्ने र नासिने छैन, त्यो अजर, अमर र अनादि छ् । यस्ता सर्वशक्तिमान पूर्णब्रह्म परमात्मा अर्थात शिवशंकर भोलेबाबाको चरणकमलमा साष्टांङ्ग दण्डवत ।

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। ॐ शांतिः शांतिः शांतिः ।।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *