जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा रायमाझी

काठमाडौं । जिल्ला सहकारी संघ, भक्तपुरको सम्पन्न २५ औं वार्षिक साधारणबाट अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनको लाग निर्वाचन भएको थियो । रायमाझीले ७१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गणेशमान चक्रधरले ५९ मत ल्याएका थिए । निर्वाचित रायमाझी पारिजात बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् । त्यस्तै महिला अध्यक्षमा सहना पसखल निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी सविता खत्रीले ५८ मत ल्याउँदा पसखलले ७० मत ल्याई विजयी भएकी हुन् । त्यस्तै उपाध्यक्षमा विरेन्द्रभक्त प्रधानाङ्ग निर्वाचित भएका छन् । उनले ७४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रामसुन्दर श्रेष्ठले ५४ मत ल्याए ।

त्यसैगरी सचिवमा रामप्रसाद कासुला विजयी भएका छन् । कासुलाले ६९ मत ल्याए भने प्रतिस्पर्धी राजभाई जयनाले ६० मत ल्याए । कोषाध्यक्षमा ७१ मत ल्याएर राजकुमार सिलवाल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी उत्तम सापकोटाले ६१ मत ल्याए । त्यस्तै संघको सञ्चालकहरुमा मनोज गिरी, विकास खड्का, रामचन्द्र गोसाई, सुलोचना दुवाल, नारायण प्रसाद स्वंगमिखा र सरिता थापा निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा ५३ मत ल्याएर पुस्कर देउजा विजयी भए भने उनका प्रतिस्पर्धी आशाराम खुसुले ४९ र कृष्णहरी सैजुले २३ मत ल्याए । लेखा समिति सदस्यमा कृष्णमान प्रजापती निर्वाचित भए भने अर्का सदस्यमा सावित्री थापा निर्विरोध निर्वाचित भए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *