बालकुमारी साकोसको आयोजनामा महिला सदस्यको क्षमता अभिवृद्धि

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको महिला उप समितिको आयोजनामा महिला सदस्यहरुको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा १ सय जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्टिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले प्रशिक्षण दिएकी थिइन् । महिलाहरुले पनि क्षमता अभिवृद्धि गरी हरेक क्षेत्रमा अगाडी बढ्न आवश्यक रहेको उनले बताइन् ।

संविधानमा महिलाहरुको अधिकारको लागि व्यवस्था भएकाले उक्त अधिकारलाई व्यवहारमा प्रयोग गर्न महिलाहरु अग्रसर हुनु पर्ने उनले जोड दिइन् । महिलाले पनि नेतृत्व विकास गरी हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने उनको भनाई छ । थामसुहाङको प्रशिक्षणबाट सहभागीहरु उत्साहित भएको संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । संस्थाले सबै उमेर समहुका सदस्यहरुलाई लक्षित गरी यस्ता खाले कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *