‘महिन्द्रा उत्सव योजना’का तीन विजेता सार्वजनिक

काठमाडौं । अग्नी ग्रुपले विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पूजालाई लक्षित गर्दै ल्याएको ‘महिन्द्रा उत्सव २०२३’ विजेता सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक अग्नी ग्रुपले तीन विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले चैत ६ गते मंगलबार उक्त पुरस्कार हस्तान्तरण गरेको हो ।

कार्यक्रममा राष्ट्रिय भलिबल खेलाडी, सशस्त्र प्रहरी बल नेपालकी सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दीपक कुमार, अग्नी ग्रुपका उपनिर्देशक बरदान बस्नेतले विजेता सार्वजनिक गरेका हुन् । विजेतामा वीरगन्ज निवासी आदेश कुँवर रहेका छन् । उनले लक्की ड्रमार्फत् महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे रिक्सा–ट्रियो यारीे प्राप्त गरे । बिर्तामोडका मिसेक फयाकले जावा–फोर्टी टु मोटरसाइकल जितेका छन् । तेस्रो पुरस्कार स्वरुप चरिकोटको देवकोटा निर्माण सेवाले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर प्राप्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *