लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ

काठमाडौं । लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा वृत्तका हवल्दार चक्रबहादुर शाहीसहित दुईजना छन् । उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *